‘देश चिनाउने खेल’:पहारी

पाेखरा | कात्तिक ५, २०७९

‘देश चिनाउने खेल’:पहारी

पोखरा : कास्की क्षेत्र नम्वर ३ ‘ख’ बाट नेकपा एमालेका उम्मेदवार राजिव पहारीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सक्ने क्षेत्र खेलकुद भएको बताएका छन् । 

 

सुर्यचन्द्र विकास समाज, पोखरा–५ को आयोजनामा शनिवारबाट मालेपाटनमा शुरु भएको वडास्तरीय व्याडमिण्टन प्रतियोगिताको उद्घाटन गर्दै निवर्तमान सांसद पहरीले यस्तो बताएका हुन् ।

 

अन्र्तराष्ट्रिय स्तरमा नेपालले प्रतिस्पर्धा गर्न सक्ने खेल क्षेत्र नै भएकोले खेल र खेलाडीको प्रवद्र्धन गर्नुपर्नेमा उनले जोड दिए । आगामी निर्वाचनको प्रसङ्ग जोड्दै उनले जनताको सेवामा अझै धेरै काम गर्न बाँकी रहेकाले फेरि उम्मेदवारी दिएको बताए । आफुले अघिल्लो कार्यकालमा थालनी गरेका महत्वपूर्ण योजनाहरुलाई पूर्णता दिलाउन फेरि आफुलाई विजयी गराउन उनको आग्रह छ ।

 

कार्यक्रममा बोल्दै पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर भरत खत्रीले स्वास्थ्य नागरिक बन्न खेलकुद महत्वपूर्ण हुने बताए । वडा ५ का अध्यक्ष विष्णुप्रसाद बरालले मालेपाटन खेल क्षेत्रको उर्भरभुमि भएको बताउँदै यहाँबाट थुप्रै राष्ट्रिय खेलाडी उत्पादन भईसकेको उल्लेख गरे । 

 

कार्यक्रम आयोजक संस्था सुर्यचन्द्र विकास समाज अध्यक्ष कृष्णप्रसाद बरालको अध्यक्षतामा भएको थियो । तीन दिन सम्म चल्ने प्रतियोगितामा डबल्सतर्फ २६ टिमको सहभागिता रहेको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्